Municipality Vision / दीर्घकालीन सोच

"नगरबासीकाे सराेकार" स्वच्छ,पारर्शी विकासमुखी"स्थानीय सरकार"

संक्षिप्त परिचय

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने लुम्बिनी अञ्चलका ६ जिल्लाहरु मध्ये नवलपरासी पनि एउटा हो । यस जिल्लाको सदरमुकाम रामग्राम नगरपालिका हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । यो नगरपालिका तत्कालीन परासी आदर्श, मंझरीया, उनवछ र जमुवाड गरी जम्मा ४ वटा गा.वि.सहरु मिली बनेको हो । यो नगरपालिका भित्र १३ वटा वडाहरु छन् ती वटामा ४१ वटा टोल छन् ती ४१ वटा टोल भित्र ८१ वटा टोल विकास संस्था गठन गरिएको रामग्राम नगरपालिका जिल्लाको पहिलो नगरपालिका हो ।

सूचना

रामग्राम नगरपालिकाको दोस्रो नगरसभाबाट पारित भएका तर सम्झौता हुन बाँकी रहेका सम्पुर्ण  योजना तथा कार्यक्रमहरु यहि २०७५ जेष्ठ मसान्त भित्र सम्झौता  गरिसक्नुहुन जानकारी गर्राईन्छ । अन्यथा मिति २०७५।०३।०१ गते बाट नगरापलिकाद्धारा कुनै पनि बाँकी योजना तथा कार्यक्रमहरु सम्झौता नगरिने साथै योजनाको भुक्तनी, पेश्की र्फछयौट २०७५ असार १५ भित्र गर्नुहुन सम्बन्धित सबैमा जानकारी गर्राईन्छ ।

 

रामग्राम नगरपालिकाको Mobile APP

रामग्राम नगरपालिकाको Mobile APP Google Play Store मा गई Ramgram Municipality search गरि Download गर्नु हुन अनुरोध छ |

Pages