आर्थिक मामिला तथा योजना मन्त्रालय, रुपन्देही द्धारा अायोजित बजेट र राजस्व सम्बन्धी ब्यवस्थाका सम्बन्धमा स्थानीय तहहरुसँग अन्तरक्रिया कार्यक्रममा सहभागि हुदै रामग्नाम नगरपालिकाका नगर प्रमुख तथा...
नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने लुम्बिनी अञ्चलका ६ जिल्लाहरु मध्ये नवलपरासी पनि एउटा हो । यस जिल्लाको सदरमुकाम रामग्राम नगरपालिका हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । यो नगरपालिका तत्कालीन परासी आदर्श, मंझरीया, उनवछ र जमुवाड गरी जम्मा ४ वटा गा.वि.सहरु मिली बनेको हो । यो नगरपालिका भित्र १३ वटा वडाहरु छन् ती वटामा ४१ वटा टोल छन् ती ४१ वटा टोल भित्र ८१ वटा टोल विकास संस्था गठन गरिएको रामग्राम नगरपालिका जिल्लाको पहिलो नगरपालिका हो ।