दीर्घकालीन सोच

“रामग्राम नगरवासीको चाहना । शान्ति, समुन्नत, समाबेशी समाजको स्थापना“

संक्षिप्त परिचय

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने लुम्बिनी अञ्चलका ६ जिल्लाहरु मध्ये नवलपरासी पनि एउटा हो । यस जिल्लाको सदरमुकाम रामग्राम नगरपालिका हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । यो नगरपालिका तत्कालीन परासी आदर्श, मंझरीया, उनवछ र जमुवाड गरी जम्मा ४ वटा गा.वि.सहरु मिली बनेको हो । यो नगरपालिका भित्र १३ वटा वडाहरु छन् ती वटामा ४१ वटा टोल छन् ती ४१ वटा टोल भित्र ८१ वटा टोल विकास संस्था गठन गरिएको रामग्राम नगरपालिका जिल्लाको पहिला नगरपालिका हो । 

Pages