नेपालको लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाहरु मध्ये नवलपरासी बर्दघाट सुस्ता पश्चिम पनि एउटा हो । यस जिल्लाका ७ स्थानीय तह मध्यको रामग्राम नगरपालिका एक हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । मिति २०७३ साल फाल्गुन २७ गते पुन संरचना पछि साबिक रामग्राम नगरपालिकाको १३ वडा र साबिक ५ वटा गा.बि.स (अमराैट, सुक्रौली,हकुई,बन्जरिया तथा देवगाव) मिलाई कुल १२८.३२ वर्ग कि.मि. क्षेत्रफल रहने गरि हाल रामग्राम नगरपालिका बनेको छ |
SUTRA प्रणालीको Revenue Module सञ्चालनसँगै अब राजस्व बुझाउने प्रक्रिया अझ सजिलो भएको छ। Local Level Revenue Portal (LLRP) को “Local Revenue – LLRP” (https://play.google.com/store/apps/details?id=com.fcgo.sutrarevenue) Mobile App जसलाई Android प्रयोगकर्ताले Google Play Store बाट डाउनलोड गरी Account Create गरेर आफ्नो स्थानीय तहमा अनलाइनमार्फत राजस्व बुझाउन सकिन्छ, त्यसैले सबै करदाता तथा सेवाग्राहीलाई यस App को अधिकतम प्रयोग गरी राजस्व अनलाइनबाट बुझाउन अनुरोध छ। साथै उत्त App को User Manual तल दिएको छ ।